जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १६:११

शिवको भिडियोलाई लिएर माग्ने बुढाको आलोचना, हटाए भिडियो मागे माफी


काठमाडौं । हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी माग्नु भएको छ । आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उहाँले सोमबार माफी माग्नु भएको हो ।

क्लिपमा शिवको चरित्रलाई उच्छृंखल देखाइएको भक्तजनको आरोप थियो । चौतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युबबाट समेत क्लिप हटाइएको छ।

माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेख्नु भएको छ , ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’