काठमाडौं, साउन १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुनुभएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली गंगा आरतीमा सहभागी हुन आज साँझ पशुपति क्षेत्र पुग्नुभएको हो ।


पशुपति क्षेत्र विकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति क्षेत्र आउनु भएको हो । गंगा आरतीमा सहभागी भएपछि ओलीले पशुपति दर्शन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्