काठमाडौं, साउन १७ । निर्वाचन आयोगले मंसिर २ गतेका लागि प्रदेश र संघीय निर्वाचनका लागि मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा ज्यातिषीको शरणमा पुग्नु भएकोे श्रोतले बताएको छ । प्रस्ताव लिएर बालुवाटार पुगेका आयोगका पदाधिकारीलाई ‘एक–दुई दिन यता उता पनि हुन सक्छ’ भन्ने जवाफ दिनुभएका देउवाले यसो भन्नुको रहश्य अहिले खुलेको छ ।
ज्यातिषीसँगको परामर्श गर्नकै लागि देउवाले ‘एक–दुई दिन यताउता हुन सक्छ’ भन्नुभएकाृे उहाँ निकट श्रोतले बताएको छ । ज्यातिषीले मंसिर ४ गतेका दिन निर्वाचन गरे सत्तारुढ गठबन्धलाई लाभ हुने सुझाव दिएको बताइएको छ । सो दिन उत्पत्तिका एकादशी र दुई वटा पुष्कर योग परेकाले उत्तम हुने सुझाव दिएको बताइन्छ ।
ज्योतिषीले अबको निर्वाचनपछि पनि एकल बहुमत कसैको नआउने भविश्यवाणी पनि देउवालाई सुनाएको बताइन्छ । मंसिर ४ वाहेक मंसिर ८ र १० गते पनि निर्वाचनका लागि राम्रो हुने देउवालाई ज्योतिषको सल्लाह छ । तर यी अन्य दिन मंसिर ४ जत्तिकै उत्तम भने नरहेको ज्योतिषीको सुझाव छ ।
देउवालाई ७ पटक प्रधानमन्त्री हुने योग रहेको बताउने ज्योतिष सुरेशचन्द्र रिजालले नै यो साइत जुराएको श्रोतले बताएको छ । देउवाको यही आशय बुझेका उनका विश्वास पात्र डा. प्रकाशशरण महतले प्रेस युनियनको अधिवेशनमा मंसिर ४ मा नै विर्वाचन हुने कुरा बताइसकेका छन् ।

पत्नी आरजु राणा उपचार गराएर भारतबाट नफर्कनु र अर्थमन्त्रीको नियुक्ति नभएका कारण रोकिनु भएका उहाँले ती दुवै कार्य सकिएकाले हिजो(सोमबारै) मिति घोषणा गर्ने सम्भावना थियो तर सोमबार मन्त्रिपरिषदको नियमित बैठक नबसेकाले अब यो सम्भावना बुधबारलाई सरेको श्रोतको दावी छ । हिन्दू, सनातन परम्परामा नयाँ कार्यका लागि सोमबार वा बुधबार उत्तम मानिन्छ ।













प्रतिक्रिया दिनुहोस्