काठमाडौं, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाउनुभएको हो ।
‘निर्वाचन घोषणा पछि पनि संसदलाई निरन्तरता दिने होईन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले लेख्नुभएको छ । गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वाश छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठन तर्फ अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्