काठमाडौं, साउन १७ । नेकपा(एमाले) का पोलिटव्युरो सदस्य एवं दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल कम्युनिस्ट पार्टीकोविप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्तालिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
विप्लव समूहले शान्तिपूर्ण तरिकाले नेपालको राजनीतिक बाटो रोजिसकेको भन्दै उहाँले कारबाही गर्नुको सट्टा प्रोत्साहन गर्न मागगर्नुभयो।
‘नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहको भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको हामीले सुनेका छौं।संचारमाध्यमबाट आएको यो समाचार सत्य हो भने सरकार यो कामबाट तत्काल पछि हट्न, उहाँहरुलाई काटेको पत्र फिर्ता लिन रउहाँहरुले जुन शान्तिपूर्ण तरिकाले राजनीतिक गर्न बाटो रोजिसक्नु भएको छ। यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ भट्टराईले भन्नुभयो।
प्रमुख सचेतक भट्टराईले कुनै बेला हिंसाको बाटो रोजी हतियार बोकेर सशस्त्र युद्धमा होमिएको सो समूहलाई तत्कालीन केपी शर्माओली नेतृत्वको सरकारले ३ बुँदै सहमति गरेर हिंसाको बाटो परित्याग गराएर शान्तिपूर्णको बाटोमा ल्याएको स्मरण गराउनु भयो। उहाँले नेपालमा हिंसाको बाटो रोज्ने कुनै पनि समूह नभएको दावी गर्नुभयो।
उहाँले भन्नुभयो , ‘ तराईको सिके रावत समूहलाई पनिनेपालको राष्ट्रिय राजनीतिक मूलधारमा ल्याइसकेपछि अब हिंसाको बाटो रोज्ने कुनै समूह छैन नेपालमा सब शान्तिको श्वास लिनपाइन्छ भन्ने नेपाली जनताले अनुभूति गरिरहेको बेला अघिल्ला सरकारले गरेका कामलाई निरन्तर अघि बढाउनुपर्ने बेलामा विभिन्नबहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि त्यही बाटो रोज्नका लागि विवश बनाउने सरकार उत्दत भएको हो भने यो कामबाट तत्कालपछि हट्नुपर्छ। यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’













प्रतिक्रिया दिनुहोस्