जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १५:५३

एमाले भित्रिए माओवादीका यी चर्चित नेता


काठमाडौं, साउन १६ । रसुवामा पछिल्लो समय नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । पाँच दलीय गठबन्धनले जनताको समस्यामा खासै समाधान नगरेपछि एमालेप्रतिको आकर्षण बढेको हो । यही क्रममा रसुवाका चर्चित नेताहरु आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । बागमती प्रदेश सचिवालय सदस्य माओवादी केन्द्रका चर्चित नेता उद्धव रिजालको नेतृत्वमा माओवादी र नेपाली काग्रेसका नेताहरू एमाले प्रवेश गर्नुभएको हो ।

माओवादीका बागमती प्रदेश सचिवालय सदस्य रिजाल, जिल्ला कमिटी सदस्य शंकरप्रसाद न्यौपाने, कालिका गाउँपालिका उपाध्यक्ष रामशरण कुइकेल, चित्रप्रसाद देवकोटा, बलराम ढकाल, तोयानाथ न्यौपाने, मोहनसिङ थिङ, बहादुर लोप्चन , वीर बहादुर थिङ, फुलमाया थिङ, हितबहादुर थिङलगायतका नेता तथा कार्यकर्ताहरुले माओवादी र नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर उहाँहरु एमाले प्रवेश गर्नुभएको हो । नवप्रवेशी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइ पार्टीमा स्वागत गर्नुभयो । उद्धव रिजाल माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य हुनुहुन्छ ।

२०४८ नेकपा मसालको सदस्य, २०५१ सालमा नेकपा एकता केन्द्र रसुवा जिल्ला सदस्य २०५५ मा नेपाल राट्रिय शिक्षक संगठन रसुवा जिल्ला अध्यक्ष, २०६४ मा नेकपा माओवादीको सदस्य हाल नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा हुुनुहुन्थ्यो ।

युवा नेता तथा संविधान सभा सदस्य जर्नादन ढकालले आगामी रसुवा जिल्लाका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु ठूलो संख्यामा नेकपा एमालेमा प्रवेश गर्ने समेत बताएका छन् । रसुवामा माओवादीका नेताहरू कोही नयाँ शक्ति हुँदै कांग्रेसमा पुगे भने कोही नेकपा एमाले प्रवेश गरेका छन ।