रामेछाप, १७ साउन । रामेछापमा पछिल्लो समय नेकपा (एमाले) प्रति आम युवा तथा जनताको क्रेज बढ्दो पाइएको छ । आज नेकपा एमाले रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा भएको जिल्ला स्तरीय संगठन सृदृढीकरण तथा शुद्धीकरण प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा धेरै प्रभावशालि व्यक्तित्वहरु आउनु भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि रमेश लामिछाने, बालकुमार खत्रीलगायत कांग्रेस क्रियाशिल सदस्यहरुलाई एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले टिका, खादा र माला लगाएर स्वागत गनुृभएको हो । अहिलेको देशको राजनैतिक, आर्थिक र समाजिक स्थिति देखेर गौरवशाली पार्टी एमालेमा आफूहरु समाहित भएको नव प्रवेशीहरुले बताउनुभयो ।
पाँच दलीय गठबन्धनले जनताको समस्यामा खासै समाधान नगरेपछि एमालेप्रतिको आकर्षण बढेको उहाँहरुले सुनाउनुभयो । खाडादेबी–४ बाट नेपाली काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि लामिछानेसहित कांग्रेसका विभिन्न समितिमा हुनुहुने नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

यही क्रममा रामेछापका अन्य चर्चित नेताहरु आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वार्ड नम्बर–७ वडा अध्यक्ष प्रत्यासी भगत सिंह लामा, पूर्व वडा सदस्य नबराज तामाङसहित माओबादी केन्द्र र नेपाली कांग्रेसका दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्