जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १०:२८

उदयपुरको डुम्रीबोटवाट मानव वस्तीमा पस्यो कोशी, तटीय क्षेत्रका २० हजारको बासोबास उच्च जोखिमा


उदयपुर, साउन १८ । बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन ।

सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन ।

पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव वस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताउनु भयो ।

उहाँका अनुसार बुधवार बिहानसम्म करिब २५ मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ भने कटानको क्रममा जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरामा पनि उत्तिकै रहेको भन्दै स्थानियलाई सुरक्षित स्थातर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिनुभयो ।

कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेका छ । अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।

अहिले कटान गरिहेको डुम्रिबोटे क्षेत्र रोक्न गरिएका सबै खाले प्रयास असफल भएको नगरप्रमुख कार्कीले बताउनु भयो । त्यसैले जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उहाँको भनाइृ छ ।