काठमाडौं, साउन १८ । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले आफ्नो पतिलाई महत्वपूर्ण ठाउँमा नियुक्ति दिलाउनु भएको छ । संग्रौलाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा आफ्नो पतिलाई नियुक्ति दिलाउनु भएको हो ।
स्वास्थ्यमन्त्री भवानी खापुङले कांग्रेस नेतृ डिलाका श्रीमान सूर्य संग्रौलालाई धरानको रजिष्ट्रारमा नियुक्त गर्नुभएको हो । प्रतिष्ठानका उपकूलपतिको सिफारिसमा सहकूलपति समेत रहनुभएका मन्त्री खापुङले संग्रौलालाई नियुत्तक्त गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रष्ठिानका तत्कालीन राजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो ।













प्रतिक्रिया दिनुहोस्