जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १३:५६

चुनाव घोषणापछि परराष्ट्रमन्त्री खड्का चीन जाँदै, रात्रीभोजबाहेक छैन एजेण्डा


काठमाडौं, २० चैत । परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने हुनु भएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लाग्नुभएको हो ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनु हुनेछ । बैठक साउन २५ गते हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नु हुनेछ ।