जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १६:१६

आशियान देशको व्यक्तव्यले रिसायो चीन, भन्यो – यो अर्ति अमेरिकालाई दिनु पर्थ्यो


एजेन्सी । ताइवानको मामिलामा आसियान देशहरूले प्रतिक्रियामा स्वरुप विज्ञप्ति जारी गरेपछि चीन झन रिसाएको छ । उनले एक चीन नीतिमा विश्वभर सहमति रहेको जनाएको छ।

समाचार एजेन्सी एएफपीको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भन्नुभयो ‘हालको तनाव अमेरिका र ताइवानको स्वतन्त्रताको वकालत गर्ने पृथकतावादी शक्तिका कारण भएको हो । ताइवानको क्षेत्रमा चीनियाँ सैन्य अभ्यासबाट चिन्तित हुनेले अमेरिकालाई किन नसम्झाएको ?’

कम्बोडियामा भएको आसियान देशका विदेशमन्त्रीहरुको बैठकले हालको तनावका विाष्यमा चिन्ता व्यक्त गर्दै यस्तो तनावले गम्भीर अवस्था निम्त्याउन सक्ने बताइएको थियो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले केही शक्तिहरूले एक चीन नीतिको उल्लंघन गरेको र यो चीनको सार्वभौमसत्ता र अखण्डताको विरुद्ध रहेको बताए ।
आसियानका विदेशमन्त्रीहरूको भनाइमा उहाँले भन्नुभयो ‘ क्षेत्रीय तनावबाट जो चिन्तित छन्, उनीहरूले अमेरिकालाई एक चीन नीतिको सम्मान गर्न आग्रह गर्नुपर्छ। अहिलेको तनावको जिम्मेवार को हो भन्ने प्रष्ट छ । आसियानले आफू कुनै पनि उक्साहटको विरुद्धमा रहेको बताएको छ। तर पेलोसीको भ्रमण आफैमा एउटा उत्तेजकता हो ।’

चीनको विदेश मन्त्रालयका प्रवक्ताले धरै देशहरूले पेलोसीको भ्रमणको विरोध गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘संयुक्त राष्ट्र महासचिवका प्रवक्ताले पनि संयुक्त राष्ट्र एक चीन नीतिको समर्थनमा रहेको बताएका छन्। अरब लीगका देशहरूले पनि चीनलाई समर्थन गरेका छन्। सांघाई सहयोग संगठनले पनि यही कुरा भनेको छ।’

उहाँले चीनको समर्थन गर्नेमा रुस, पाकिस्तान र क्युबाको नाम पनि लिनुभएको छ । हालै अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्नुभएको थियो । यसबाट चीन आक्रोशित छ । त्यसयता उनले ताइवान वरपरका क्षेत्रमा निरन्तर सैन्य अभ्यास गर्दै आएको छ ।