जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १८:४२

मेयर हर्क साम्पाङ अराजक कामबिरुद्ध उभियो एमाले, कार्यपलिका बैठक बहिष्कार


सुनसरी, साउन २० । एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो ।

आजको बैठकमा बाटोको मापदण्डको विषय, संस्थागत विद्यालयको पदपुर्ती र सुधार सम्बन्धी योजना, कर्मचारीहरुको मुल्यांकन लगाययतको विषय रहेको थियो । कार्यपालिकामा बहुमत सदस्यले बहिष्कार गरेपछि एजेण्डा अगाडी नै नबढेको हो ।

कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘आज अनेकन एजेन्डामध्ये साबुन फ्याक्ट्री खोल्ने र खानेपानीको लागि ठूलो जलाशय बनाउने मेरा एजेन्डाहरु थिए तर कार्यपालिका बैठक बस्न सकेन । आशा छ छिट्टै बसिनेछ बैठक र पारित हुनेछन’ भन्नुभएको छ ।

धरान उपमहानगरमा मेयर हर्क साम्पाङ्गले एमालेबिरुद्ध आपत्तिजनक अभियान चलाएपछि बिवाद बढदै गएको छ । एमाले नेतृमञ्जु भण्डारीले सहकारीको विषयलाई लिएर उपमहानगर विरुद्ध मान्छे उचालेको भन्दै मेयर राईले सामाजिक सञ्जालमा विरोध गर्नुभएको थियो । कार्यपालिकामा बहुमत रहेको दलबिरुद्ध मेयर आफै लागेपछि एमालेले बहिष्कार गरेको हो । एमालेले मेयरले नै आपत्तिजनक काम गरिरहेको कारण बैठक बहिष्कार गरको जनाएको छ ।