जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार ०६:०३

भूकम्पको केन्द्रबिन्दु नुवाकोट, रेक्टरस्केल ५.३


काठमाडौं, साउन २१ । आज बिहान नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का मसुस भएको बताइएको छ । काठमाडौं उपत्यकामा भूकम्पको महसुस निकै भएको छ ।

यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।