जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार १३:०१

झुटको बादशाह बने प्रचण्ड, जापानमा समेत यसरी झुट बोले


काठमाडौं, २१ साउन ।  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा हुनुहुन्छ । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिनुभयो । तर अध्यक्ष प्रचण्डको झुट बोल्ने बानी विदेशमा समेत देखियो ।

उहाँले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उहाँसँग भेट्ने इच्छा भने पूरा नभएको बताउनुभयो । ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भन्नुभयो, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानि भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन राम्रो भएको थियो ।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गर्नुभएको छैन । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गर्नुभएको छैन । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गर्नूभएको थियो ।

जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन् । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गर्नुभएको थियो । जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो ।