जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार १७:५२

एमालेमै फर्किए माधव नेपालका बिश्वासपात्र भोला


काठमाडौं, साउन २१ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएका कर्मचारी नेता भोला पोखरेल एमालेमै फर्कनु भएको छ ।

बिगतमा केही भ्रममा परेर नेपाल नेतृत्वको पार्टीतिर लाग्नुभएका पोखरेल आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमै फर्कनुभएको हो । अध्यक्ष ओलीले पोखरेललाई आज पाटीृमा स्वागत गर्नुभएको छ ।

पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख ब्यक्तिका साथै कर्मचारीको आधिकारिक टे«ड युनियन महासंघको पनि नेतृत्वकर्ता हुनुहुन्छ ।

पोखरेल बिगत लामो समयदेखि माधव नेपालका बिश्वासपात्रका रुपमा रहनुभएको थियो । पछिल्लो समय माधवले कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउन थालेपछि क्रमशः एमालेमै फर्कने निर्णयमा पोखरेल पुग्नुभएको हो ।

पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउने योजना थाह भइसकेकोले अव कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताउनु भएको छ ।