जनता टाइम्स

२१ श्रावण २०७९, शनिबार १८:३६

रामकुमारीलाई माधवको त्यत्ति नीच आमाचकारी


काठमाडौं, साउन २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै पार्टीका सचिव रामकुमारी झाँक्रीसँग आक्रोशित बन्नुभएको छ ।

माधव निकट एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार माधवले रामकुमारी पार्टी र आफूबिरुद्ध लागेको थुप्रै सूचना पाइएको भन्दै अव ठेगान लगाउनु पर्ने धारणा राख्नुभएको छ । आफूनिकट नेताहरुसँग आजकल माधव केपी ओलीबिरुद्ध जसरी नै रामकुमारीबिरुद्ध बिषबमन गर्न थाल्नुभएको छ ।

‘माधव कमरेड त रामकुमारीको नाम सुन्नै चाहनुहुन्न, कसैले कुरा उठायो कि लगातार गालीको बर्षा हुनछ, किन यसरी बिरुद्ध लाग्नुभयो ? थाह भएन,’ ती नेताले जनताटाइम्ससँग भने । त्यसो त माधवले रामकुमारी कहिल्यै आफ्नो मान्छे नभएको समेत बताउन थाल्नुभएको छ ।

‘रामकुमारीलाई नै सोध्नोस, ऊ कहिल्यै मेरो मान्छे होइन, एमाले माले फुटदा बामदेवतिर लागीन, झलनाथसँग अध्यक्षमा चुुनाव लडदा झलनाथतिरै गइन, केपी ओली अध्यक्ष भएपछि पनि ऊ मेरो होइन, मन्त्री खान हामीतिर आएकी हुन,’ माधवको भनाई उधृत गर्दै ती नेताले भने । त्यसो त रामकुमारीले पनि आफू निकटसँग माधव आफूहरुको कहिल्यै नरहेको तथ्य सुनाउनु गर्नुभएको छ ।

पछिल्लो पटक रामकुमारीले केपी ओलीले आफूहरुको केही नबिगारेको बरु आफुहरुले नै पार्टी फुटाएर ओलीबिरुद्ध लागेको बताएपछि माधव उहाँसँग निकै रिसाउनु भएको हो । ‘हाम्रो पार्टीमा बसेर केपीलाई राम्रो भन्ने ? यो त पार्टीबिरुद्धकै गद्धारी भयो’ भन्दै माधवले रामकुमारीलाई ठेगान लगाउने कुरा गर्नुभएको ती नेताको भनाई छ ।