जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १२:५७

सिंहदरबारभित्र कर्मचारी आन्दोलित, ‘पेन डाउन’ले काम प्रभावित


काठमाडौं । सरकारले स्वेच्छाचारी ढंगले माथिल्लो स्तरको कर्मचारीको तलब बढाएपति सिंह दरवारभित्र कर्मचारीले आज (सोमबार) पेन डाउन गरेका छन् । कर्मचारीले पेन डाउन गरेकाले सेवा प्रभावित भएको छ ।

सरकारले बजेट भाषणमा उल्लेख भए विपरीत माथिल्लो तहका कर्मचारीको तलब बढाएपछि ‘नासु वचाउ अभिया’ को नेतृत्वमा यो आन्दोलनको सुरुवात भएको हो ।

आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराईले ‘पेन डाउन’ पहिलो चरणको आन्दोलन भएको बताएका छन् । उनकाअनुसार आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको छ’ भट्टराईले भने, ‘नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्छ । त्यही अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय हुँदैछ ।’

आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले जानकारी दिए ।