जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १६:०६

एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण


बारा, साउन २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओली सिमरा विमानस्थलको विशिष्ट कक्षमा बस्नुभएको छ । ओलीको आकस्मिक अवतरण भएपछि जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित नेताकार्यकर्ता विमानस्थल पुग्नुभएको छ ।

मौसमको प्रतीक्षामा रहनुभएका ओली हेलिकोप्टर उडन नसके सडक मार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जनाउनु भएको छ । रौतहटको गौरमा आज बिसाल सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको छ ।