जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १८:४२

मधेस बन्यो एमालेमय : कांग्रेस-लोसपा त्यागेर दुई हजार बढी नेता-कार्यकर्ता भित्रिए (फोटोफिचर)


रौतहट, साउन २३ । चुनावको मिति घोषणासँगै तराई मधेशमा अन्य पार्टी त्यागेर नेकपा एमाले प्रवेशको लहर चलेको छ । चुनाव घोषणापछि पहिलो पटक एमाले अध्यक्ष ओली गौरु आउँदा दुई हजार भन्दा बढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन ।

कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भयो ।

यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ । नवप्रवेसीहरुलाई अध्यक्ष ओलीसहित सचिव रघुबीर महासेठ र स्थायी कमिटी सदस्य प्रभू साहले अविर लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।