जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १८:५६

प्रचण्डले राजा–माहाराजालाई पनि गरे माथ, जापानमा देखियो यतिसम्मको नीच हर्कत


टोकियो, साउन २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कतिसम्म सामन्ती शैली अपनाउनु हुन्छ भन्ने कुरा जापान भ्रमणमा देखिएको छ ।

जापान आइपुग्न साथ झुटको बादशाह देखिनुभएका प्रचण्डले एउटा कम्युनिष्ट नेता मात्रै होइन, मानिसले गर्नै नहुने निच हर्कत देखाउनु भएको छ । प्रचण्डले आफूले लगाउने कोटसमेत अरुलाई बोलाएर राजा महाराजाभन्दा पनि सामन्तको रुपमा आफूलाई स्थापित गर्नुभएको हो । तस्विरमा प्रचण्ड आफ्नो कोट अरुलाई बोकाएर ठाँटका साथ हिडिरहनु भएको छ ।

प्रचण्डको यो हर्कतलाई सवैले छ्या..भन्दै आलोचना गरेका छन भने कम्युनिष्ट आदर्शनबाट मात्र नभई सामन्ती शासकहरु भन्दा तल्लो कर्हतको संज्ञा दिएका छन ।

माओवादी अध्यक्ष प्रचण्ड केही दिनदेखि जापान भ्रमणमा हुनुहुन्छ । उहाँ जापान पुग्नसाथ नेपाल भ्रमणमा कहिल्यै नआउनु भएका र केही समयअघि मात्रै हत्याको शिकार हुनुभएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेसँग नेपाल भ्रमणको क्रममा तीन चार पटक कुराकानी भएको र आफूहरुको सम्बन्ध अत्यन्त राम्रो भएको भन्दै दिउसै रात पार्नुभएको थियो ।