जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार २०:१३

गौरका पूर्वमेयर गुप्ताको नेतृत्वमा ५७४३ जना नेता–कार्यकर्ता एमाले प्रवेश


रौतहट, साउन २३ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय महासचिब तथा गौर नगरपालिकाको पूर्वमेयर अजयकुमार गुप्ताको नेतृत्वमा ५७४३ जना नेता–कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

गौरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिव रघुबीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहले गुप्ता नेतृत्वको टोलीलाई एमाले भित्र्याउनु भएको हो । कार्यक्रममा बोल्दै गुप्ताले आफनो २६ बर्षीय मधेशको राजनीति आजबाट फेरेको बताउनु भयो ।

अन्य पार्टीहरु भन्दा नेकपा एमालेको देश बनाउने अभियान आफुलाइ चित्त बुझेको कारण एमालेमा प्रवेश गरेको गुप्ताले बताउनु भयो ।
गुप्तासहित लोसपाबाट संविधान सभा सदस्य चन्दन साह, नेपाली काँग्रेसको जिल्ला सचिव राजेश चौधरीसहित ५ हजार ७ सय ४३ जना नेता कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिब बालबिक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रवेस गराउनका लागि एमाले अध्यक्ष ओली निर्धारित कार्यक्रम भन्दा ३ घण्टा ढिलो रौतहट सदरमुकाम गौर आइपुग्नु भएको थियो । प्रतिकुल मौसम र ठूलो बर्षाको कारण उहाँ सवार सिम्रिक एयरको हेलिकप्टर वाराको सिमरा विमान स्थलमा आकस्मि अवतरण गरिएको थियो ।