जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार ०७:३८

यस्ता छन् रुँदाका फाइदाहरु, जान्नुहोस् के के हुन् ?


काठमाडौं । तपाई कतिको रुनुहुन्छ रु एउटा मानिसले आफ्नो जीवनकालमा १६।५ ग्यालोन आँसु झार्ने कुरा एक अनुसन्धानले बताएको छ । धेरै खुशी हुदा र धेरै दुखी हुदा छिट्टै आँसु झर्ने गर्दछ । कुनै पनि नराम्रो घट्ना घट्ेको छ भने सबैभन्दा पहिला आँसुनै झर्ने गर्दछ ।

रुदा मानिसकोे शरीरबाट एक किसिमको हर्मोन बगेर जाने गर्दछ । यदि कसैले अभिनय गरेर वा प्याजको सहाउताले रुने प्रयास गर्छ भने आवश्यक हर्मोन बगेर जादैन् । भावनामा डुबेर रुनु र ख्यालख्यालमा रुनुमा निकै फरक भएको कुरा वैज्ञानिकहरुले बताएका छन् । रुनु शरीरको लागी निकै महत्वपूर्ण भएको कारणले गर्दा जति सक्दो भावनामा डुबेर रोएको राम्रो हो ।

वैज्ञानिकका अनुसार भावनामा बगेर रुने समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । यतिबेला मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् । यतिबेला रोएको आँसुमा एक महत्वपूर्ण हर्मोन बगेर जाने कारणले गर्दा यदि तपाईको सम्बन्ध टुटेको र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रो्एको खण्डमा दिमाख समेत शान्त हुने गर्दछ । जसले गर्दा तपाईको दिमागले राम्रो कुराहरु मात्रै सोच्ने गर्दछ ।