जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १७:०८

आयो ह्वाट्सएपमा लुकीलुकी म्यासेज गर्ने फिचर, अनलाईन भएको कसैले देख्दैन


एजेन्सी । ह्वाट्सएपमा अब त्यो फिचर आइसकेको छ, जसको तपाईलाई प्रतिक्षा थियो । हुन त ह्वाट्सएपमा वर्षौदेखि मानिसलाई आफ्नो स्टाटस् प्रोफाइल पिक्चर र लास्ट सिन लुकाउने अनुमति दिइएको थियो, तर अब तपाईलाई ह्वाट्सएपले अनलाइन स्टाटस् पनि लुकाउने अप्सन दिदैछ । यो फिचर यस्ता मानिसका लागि धेरै उपयोगी हुनेछ जो ह्वाटस्एपमा आफ्नो उपस्थिति लुकाउन चाहन्छन् ।

यो नयाँ फिचरको के फाइदा ?
यो फिचरको सहयोगले तपाईले जहिले सुकै अरुलाई म्यासेज गर्न सक्नुहुनेछ र तपाईको च्याटवक्स खोल्दा अर्को पक्षलाई तपाई अनलाइन भएनभएको पत्तो हुने छैन । अब तपाई आफूलाई मन नपरेका साथी वा नातेदारलाई नदेखेजस्तो गर्ने छुट हुनेछ र उनीहरूले तपाई अनलाइन हो कि अफलाईन भन्ने भेउ पाउने छैनन् ।

‘यो फिचरले ती व्यक्तिहरूलाई जाडेको छ, जो आफ्नो अनलाईन उपस्थितिलाई व्यक्तिगत बनाउन चाहन्छन्’ कम्पनीले भनेको छ । यही महिनाभित्र यो फिचर सबैका लागि खुला गर्ने कम्पनीले बताएको छ ।

कसरी लुकाउने अनलाईन स्टाटस् ?
ह्वाटसएपमा आफ्नो अनलाइन स्टाटस लुकाउन निकै सजिलो छ । तपाईले ह्वाटसएप खोल्नु पर्छ र त्यसपछि सेटिङ –एकाउन्ट–प्राइवेशीमा जानुपर्छ । यहाँ तपाईले स्क्रिनको माथि ‘लास्ट सिन एन्ड अनलाइन’ अप्सन भेट्नु हुनेछ । यो सुविधा उपयोग गर्न तपाईले यसमा क्लिक गर्नु पर्नेछ । अनलाईन स्टाटस सेक्सनमा दुईवटा अप्सन हुनेछ जसमा ‘एभ्रिवन’ र ‘सेम एज लास्ट सिन’ तपाईले आफ्नो हिसावले कसैलाई पनि छान्न सक्नुहुनेछ ।