जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १३:०५

गगनलाई सभापतिको चिट्ठा !


काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई पहिलो पटक सभापतिको चिट्ठा परेको छ । बुधबार बोलाइएको काँग्रेस पदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवार अन्य दुई उपसभापति पनि अनुपस्थित भएपछि गगनलाई चिट्ठा परेको हो । उनकै अध्यक्षतामा पदाधिकारीको बैठक बसेको छ ।

सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् । देउवा कार्यव्यस्तताका कारण र उपसभापति पूर्णबहादुर खडकालाई कोरोना संक्रमण अनि अर्का उपसभापति धनराज गुरुङ देशबाहिर भएकाले महामन्त्री गगनले अध्यक्षता गरेका हुन् ।

काँग्रेसमा सभापति, २ उपसभापति, २ महामन्त्री ८ सहमहामन्त्री रहेका छन् भने कोषाध्यक्ष पद खाली रहेको छ । यो बैठकले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई गर्ने भनिएको अभिमुखिकरणकासाथै गठबन्धनसँगको सिट बाँडफाँडको खाका तयार गर्ने एजेण्डा रहेको बताइएको छ ।