जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १८:५९

जनता बाढी पहिरोको पीडामा मर्माहत बन्दा प्रधानमन्त्री र गृहमन्त्री बेपत्ता भए : महेश बस्नेत


काठमाडौं, साउन २५ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद महेश बस्नेतले देशभर बाढी र पहिरोले ठूलो क्षति गरेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद बस्नेतले यतिखेर राहत र उद्दारमा खटिनुपर्ने सरकार कानमा तेल हालेर बसेको बताउनु भयो । बस्नेतले भन्नुभयो, ‘देशभर बाढी र पहिरोले क्षति गरेको छ। सरकारले यतिखेर कानमा तेल हालेर बसेको छ ।

नेता बस्नेतले भक्तपुरको मनोहर खोलामा आएको बाढीले बस्ती नै डुबानमा परेको बताउँदै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । देश नै बाढी र पहिरोको चपेटमा परेको भन्दै उहाँले धनजनको क्षतिपूर्ति दिने कुरामा, राहत र पुनःस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको बताउनु भयो । ‘संसददेखि किन भागिरहेछन प्रधानमन्त्री र गृहमन्त्री ?’ भन्दै बस्नेतले कडा प्रश्न पनि गर्नुभयो ।

देशभर बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति दिने कुरामा राहतको पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको छ,’ बस्नेतले भन्नुभयो-सदनमा आएर यसको उचित जवाफ दिन र उचित पहल लिन का हार्दिक अनुरोध गर्दछु

सदनमा आएर गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिन र उचित पहल गर्न पनि उहाँले माग गर्नुभयो । ‘देशभर बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति दिने कुरामा राहतको पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको छ,’ बस्नेतले भन्नुभयो, ‘सदनमा आएर यसको उचित जवाफ दिन र उचित पहल लिन का हार्दिक अनुरोध गर्दछु।’