जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १९:५१

यस्तो टावर जसले दाजु–बहिनीलाई पति–पत्नी बनाइदिन्छ  !


एजेन्सी, २५ साउन । दाजुभाइ दिदीबहिनीको पर्व रक्षा बन्धन २०२२ शुक्रबार मनाइँदैछ । आज हामी तपाईलाई उत्तर प्रदेशको जालौनमा रहेको एउटा टावरको बारेमा बताउन गइरहेका छौँ जहाँ दाजुभाइ दिदीबहिनी सँगै जान सक्दैनन् ।

भनिन्छ, दाजुभाइ दिदीबहिनी सँगै त्यो टावरमा गए भने पति–पत्नी बन्छन् । वरपरका मानिसहरूले पनि यो विश्वास गर्छन्। यो टावर जालौन जिल्लाको बुन्देलखण्डको प्रवेशद्वारमा अवस्थित काल्पीमा छ। यो त्यही काल्पी हो जहाँ वेद व्यासजीले रामायण लेखेका थिए।

यो टावर सोही काल्पीमा अवस्थित छ। चाखलाग्दो कुरा के छ भने यो टावर रावणका नाममा समर्पित छ। यस टावरमा रावण र उनको सम्पूर्ण परिवारको चित्र भित्तामा कुँदिएको छ।

जानकारीका अनुसार यो टावर सन् १८७५ मा मथुरा प्रसाद नामका व्यक्तिले बनाएका थिए । मथुरा प्रसाद रामलीलामा रावणको भूमिका गर्ने कलाकार थिए । भनिन्छ कि मथुरा प्रसाद रावणको व्यक्तित्वबाट यति प्रभावित भए कि उनले रावणको सम्झनामा टावर बनाउने निर्णय गरे।

त्यतिबेला करिब दुई लाख रुपैयाँ र २० वर्षको मिहिनेतपछि यो टावर सम्पन्न भएको थियो । यस टावरको उचाइ १२० फिट छ। अर्को अचम्मको कुरा यो टावर बनाउन सिमेन्टको प्रयोग गरिएको छैन ।

अहिले यस टावरमा दाजुभाइ दिदीबहिनी सँगै नजाने विश्वास यस्तो छ कि यस टावरको चुचुरोमा पुग्न १ सय ७२ खुडकिलो चढ्नुपर्छ । यी १७२ सिँढी चढ्दा सात पटक टावरको परिक्रमा गर्नुपर्छ । हिन्दु धर्मको मान्यता अनुसार जससँग सात चक्कर लगाइन्छ, उसैसंग विवाह भएको मानिन्छ । यस्तो अवस्थामा टावरको सात परिक्रमा भएकाले दाजुभाइ दिदीबहिनीले यस टावरमा चढ्न नपाउने जनविश्वास छ ।