जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १३:०८

उडने बेला रोकिए भिजिट भिसामा युएई हिँडेका १८ महिला


काठमाडौं, साउन २६ । भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका ती महिलालाई बुधबार अध्यागम कार्यालयले ’अफलोड’ गरेको हो ।

’अफलोड’ हुनेमा सोलुखुम्बुका सन्जिता राई, भोजपुरका कविता राई डंगोल, देवकी राई, प्यामदेकी शेर्पा, झापाका सुनिता तामाङ, बर्दियाका सुकी विक, र सिन्धुपाल्चोकका सुकुमाया तामाङ रहेका छन ।

यसैगरी कालिकोटका कमला बोहोरा, दाङका मोतीकला नेपाली, शान्तिदेवी विश्वकर्मा, सर्लाहीका पुनम थापा मगर, रसुवाका कल्पना थिङ, गोरखाका दुर्ग बानिया रहेको अध्इागमन कार्यालय स्रोतले जनाएको छ । त्यस्तै कैलालीका प्रिया धिताल, दैलेखका सुनिता थापा, धादिङका दुर्गा परियार, सुर्खेतका गौरी बादी र सुनसरीका माइती कुमारी विश्वकर्मा रहेका छन्।

अध्यागमनका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको र भनेबमोजिम कागजात पेस गर्न नसकेपछि रोकिएको अध्इागमनको भनाई उधृत गर्दै अन्नपुर्ण पोष्टले समाचार लेखेको छ । बिभागका अनुसार अधिकांश महिलाले गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ लाई टेकेर भिजिट भिसामा युएई जान हिँडेका थिए । तर कसैले पनि त्यसको औचित्य पुष्टि हुने कागजात पेस गर्न सकेनन । जसका कारण सबैको प्रस्थान अनुमति अस्वीकार गरिएको हो ।

गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ मा आफ्नो घरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनामा जाने व्यक्ति वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत हुने उल्लेख छ ।