जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १३:४१

काँग्रेसका दुःख : दावी गरेजति भाग लगाउँदा आफू रित्तै ! कसको दावी कति ?


काठमाडौं, २६ साउन । सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा निकै सकस हुने देखिएको छ । सिट बाँडफाँडमा अरु माग्ने काँग्रेस दिनेमा परेको छ । सभापति देउवालाई प्रधानमन्त्री प्रधानमन्त्री बनाइदिएवापत स्वयं काँग्रेसले के पायो भन्ने उनकै कार्यकर्तालाई थाहा होला तर, त्यसवापतको अन्य दलको हैसियतभन्दा माथिको वार्गेनिङ सुनेरै दिक्क लाग्न थालेको एक नेताले बताए ।

आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनिदिन विन्ती गर्ने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २० प्रतिशत सिट बटमलाइन भएको बताएको छ । नेकपा (माओवादी केन्द्र) ले निकै पहिले देखि आफूलाई दाश्रो दल बन्ने गरी भाग नलगाए ‘देखाइदिने’ धम्की दिदैं आएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि स्थानीय निर्वाचनमा धोका भएकाले त्यसकोसमेत सुद्भर्ना हुने गरी भाग पाउनु पर्ने दावी गरेको छ । समाजवादीले २५ देखि २५ प्रतिशतसम्मको दावी गर्नस स्वभाविक भएको त्यसका नेताहरूले सार्वजनिकरूपमै भनिरहेका छन् ।

यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी, बाबुराम नेतृत्वको पार्टी पनि काँग्रेससँगै तालमेल गर्न वा गठबन्धनमा मिसिन चाहेकाले उनीहरूलाई पनि गच्छेअनुसारको भाग लगाउनै पर्यो । यसरी हेर्दा प्रचण्ड ४०, माधव नेपाल २०, उपेन्द्र यादव २०, लोसपा १० र बाबुरामलाई ५ प्रतिशत भाग लगाउँदा ९५ प्रतिशत हुन्छ र काँग्रेसको भागमा ५ प्रतिशत मात्र हुन आउँछ । के काग्रेस आफू भान्से भएर ५ प्रतिशतमा चित्त बुझाउला ?

काँग्रेसका दुःख भने बेग्लै छन् । उसले आफ्नो भोटले अरुलाई जिताउनु पर्ने हुन्छ भने त्यही जिताई दिएवापत पाँच वर्षसम्म संयुक्त सरकार बनाएर उनीहरूकै घुर्कीमा थरथरी भइरहनु पर्नेछ । त्यस्ैले काँग्रेसको शिर्ष नेताहरूको बैठकमा मानामाथि पाथी घोप्ट्याउन नसकिने निर्णय नै गरेको छ । दावी गरेअनुसारको भाग लगाउँदा आफू रित्तै होइने र नलगाउँदा पाँच वर्ष सत्ताबाहिर रहनु पर्ने त्रास छ ।

माधव नेपालको दावी उसको पार्टीको आकार, हैसियतभन्दा धेरै भएकोमा प्रचण्ड र देउवा एकमत देखिन्छन् । तर पनि उनीहरू आफैले जन्माइदिएको पार्टीलाई सडकमा छाड्दा पाप लाग्छ भनेर पनि नेकपा (एस) लाई साथै लिएर हिड्न वाध्य छन् ।