जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १७:३४

एमालेले बनायो अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परीचालन कमिटी, यी हुन सदस्य


काठमाडौं, साउन २६ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहेका छन ।

यसैगरी जनसंगठनका अध्यक्ष र महासचिवका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू परिचालन कमिटीमा रहने एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । प्रचार बिभाग प्रमुख गुरुङका अनुसार भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।