जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १८:१८

बुवालाई बुहारीसँग रंगेहात समातेपछि . . .


एजेन्सी । आफ्नै जन्मदिने बुवा, जब बहारीसँग रंगेहात समातिन्छन् तब परिस्थिति के होला ? भारतको उत्तरप्रदेशको औरंगावाद क्षेत्रको हो । वजार गएका छोरा जब एक्कासी घर फर्किए तब घरको आफू सुत्ने कोठामा बुवार आफ्नी पत्नीबीच रासलिला चलिरहेको देखें । अनि भयो महाभारत । बाबु छोराबीच हानाहान भयो ।

अहिले छोराले बाबुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । घटना नौगावान सादत प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँको हो। छोरा वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा काम गर्छन्। उनको बिबाह पाँच वर्ष पहिले भएको थियो ।

अहिले उनी कान्छो भाइको बिहेमा घर आएका हुन् । कान्छो भाइले पनि भाउजुसँग बिहे गर्दैछ । आइतबार उनी कुनै कामको लागि घरबाहिर निस्केका थिए । दिउँसो घर फर्किएपछि कोठामा पत्नी र बुवा एउटै पलङमा आपत्तिजनक अवस्थामा भेटिए । यस क्रममा बाबु छोराबीच झगडा पनि भयो । छोराले बाबुविरुद्ध उजुरी दिएका छन् ।

बुवाका तीन भाई छोरा मध्ये माइलाकी पत्नीसँग रंगेहात समातिएका हुन् । बिबाह कान्छोको हुन लागेको हो । जेठोले बिबाह गरेको तेश्रो दिन रेलमा काटिएर आत्महत्या गरेका थिए । सोही जेठो दाजुको पत्नी विधवा भाउजुसंग कान्छोले बिबाह गर्न लागेका हुन् । अत्महत्याका पछाडि घरायसी कारण बताइएको थियो । पोस्टमार्टमपछि आफन्तले मृतकको अन्तिम संस्कार गरेका थिए ।

किसान रामचन्द्र सिंहको परिवार राजाबपुर थाना क्षेत्रको चन्दनगर गाउँमा बस्छन्। उनका छोरा कुलवीर सिंहको विवाह २८ जुनमा भएको थियो ।