काठमाडौं, साउन २६ । नेकपा एमालेले चार जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । एकता प्रक्रियामा रहेका प्रभावशाली नेताहरुलाई आज बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्री बृजेशकुमार गुप्तासहित चार जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको एमाले उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गुप्तासहित माओवादी छाडेर एमाले प्रवेश गर्नुभएका दाङका जीवन गौतम दाङ, बाराका धर्मदत्त देवकोटा र झापाका अमृत राजबंशी झापालाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
यस्तै बैठकले रिक्त रहेका ८ केन्द्रीय बिभागका सचिव मनोनीत गरेको छ । जसअनुसार उद्योग बाणिज्य तथा आपुर्ति बिभागको सचिवमा सुन्दर भुसाल, कृषि, भौतिक पूर्वाधार तथा यातायात बिभागमा बिमल शर्मा, बिपद ब्यवस्थापन तथा स्वंसेवा बिभाग सचिवमा सोभियत ढकाल मनोनीत हुनुभएको छ ।
यसैगरी, सहकारी तथा परिवी निवारण बिभाग सचिवमा केबी उप्रेती, भूमि ब्यवस्था बिभागको सचिवमा आरसी लामिछाने, बिज्ञान तथा प्रविधि बिभागको सचिवमा सन्जीव रोकाहा, सामाुजिक सुरक्षा बिभागको सचिवमा पुष्कर खाती र शहरी बिकास बिभागको सचिवमा गजेन्द्र थपलिया चयन हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्