जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार ०५:३९

युएई हिँडेका ५ युवती विमानस्थलबाट पक्राउ


काठमाडौं, साउन २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पाँच युवती पक्राउ परेका छन। पर्यटक प्रवेशाज्ञा (टुरिष्ट भीसा) मा युएई हिँडेका ती युवती बिहीवार पक्राउ परेका हुन ।

कुवेतहुँदै युएई जान लागेका पाँच युवतीले पेस गरेको कागजात नक्कली भेटिएपछि अध्यागमनले पक्राउ गरी उनीहरुलाई प्रहरीको जिम्मा लगाएको छ ।

पक्राउ पर्नेमा माया तामाङ, पार्वती सार्की,अञ्जु बोहोरा,करुणा सिंह ठकुरी र सोमी धिताल रहेको विमानस्थल प्रहरी स्रोतले बताएको छ । पाँचै जनाले पेस गरेको प्लस टु को प्रमाणपत्र नक्कली भेटिएको र ट्राभल हिस्ट्री समेत नरहेको पाइएपछि पत्रक्राउ गरिएको अध्यागमन अधिकारीहरुको भनाई छ ।

ती युवतीहरु जजीरा एयरबाट कुवेत हुँदै युएई जाने तयारीमा रहेका थिए । गृह मन्त्रालयले टुरिष्ट भीसामा खाडी मुलुक गएर काम गर्न निरुत्साहित गर्दै आएको छ । अध्यागमनले भ्रमणको उदेश्य स्पष्ट नभएका टुरिष्ट भीसा वहाक यात्रुहरुको मलेसिला, खाडीलगायत मुलुकको भ्रमणमा कडाई गरेको छ ।

त्रिअवि अध्यागमन कार्यालयले बुधबार पनि युएई जान लागेका १८ महिलासहित २२ जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको थियो ।