जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ११:२३

शिक्षाध्यक्ष यादवले गरे सिनेट सभामै राजीनामा घोषणा


घोराही, साउन ९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा विश्वनाथ यादवले राजिनामाको घोषणा गर्नुभएको छ । प्रतिष्ठानको गएको साउन ७ गते प्रधानमन्त्री निवास वालुवाटारमा भएको तेस्रो सिनेट सभाको अन्त्यतिर यादवले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

सिनेट सभामा प्रधानमन्त्र केपी शर्मा ओली आफ्नो मन्तब्यसहित नितिगत निर्देशनात्मक कुराहरु राखेर वाहिरिनुभए लगत्तै यादवले सो पदवाट आफुले तुरुन्तै राजीनामा दिने घोषणा गर्नुभएको हो । सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथै स्वास्थ्य राज्यमन्त्रीको सहभागि रहेको बैठकमा यादवले आफु पदमा बस्न नचाहेको भन्दै राजीनामा घोषणा गर्नुभएको थियो ।

शिक्षाध्यक्ष यादवले प्रतिष्ठानका केही कुरामा असहमति राख्दै राजीनामा दिने घोषणा गरेको उपकुलपति संगिता भण्डारीले बताउनु भयो । सिनेटमा यादवले राखेका असहमतिका कुराहरु सिनेटले सभाले पुरै अस्वीकृत गरेको थियो । यादवले आफु त्यहा बसेर काम गर्न नसक्ने र अधिकार नपाएको भन्दै राजीनामा दिने घोषणा गरेपछि उहाँलाई राजीनामा दिने वाटो खुलेको छ ।

सिनेटमै उपकुलपति भण्डारीले प्रतिष्ठानको कार्यालयमा हाजिर नै कम हुने गरेको र महिनामा ३ दिन मात्र हाजिर भएको बताउनु भएको थियो । यादव केही महिना अघि मात्रै शिक्षाध्यक्षमा नियुक्त हुनुभएको थियो ।स