जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १५:११

निहारिकालाई बालेनको साथ, अत्ति भयो भन्दै सरकारसँग पोखे यति कडा आक्रोश


काठमाडौं, साउन २८ । काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटनु भएको छ । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा लामो समयदेखि आन्दोलनरत हुनुहुन्छ ।

केही समयअघि गृह मन्त्रालयले आफ्नो मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोक्नुभएकी निहारिकाले मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि पुनः काठमाडौं आउनु भएको छ ।

यही क्रममा उहाँले शुक्रबार राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गर्नुभएको थियो । उहाँको प्रयासलाई प्रहरीले विफल पारेको थियो । निहारिकाको मानसिक स्वास्थ्य जाँचका लागि भन्दै प्रहरी प्रशासनले उहाँलाई अहिले शिक्षण अस्पतालमा राखेको छ ।

अस्पतालमा रहेकी निहारिकालाई भेटेपछि सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै मेयर शाहले उहाँको माग जायज भएको बताउनु भएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।