जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १५:१६

एनआरएनए यूकेले गर्यो नेपालकै बेइज्जत


लन्डन, साउन २८ । एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ लण्डनले झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ । एनआरएनए युकेका अध्यक्ष शेष घलेतिर लागेपछि दुई तिहाई कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु बिरुद्धमा उभिएका छन ।