काठमाडौं, २९ साउन । सत्ता गठबन्धनमा रहेका मुख्य तीन दलले स्थानीय तहलाई उक्साएर पबञ्चरेडाडामा फोहर फाल्न रोक लगाएका छन् । विज्ञप्तिनै जारी गरेर धादिङ धुनिवेशीका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीले अब कहिल्यै बञ्चरे डाडामा फोहर फाल्न नदिने बताएका छन् ।
स्थानीय तहका तिनै दलका कार्यकर्ताले फोहर फाल्न नदिने निर्णय गरिरहँदा केन्द्रमा भने गठबन्धनको बैठक बसेर फोहरले उपत्यका दुर्गन्धित भएकाले काठमाडौंका मेयरसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेका छन् । तिनै दल एकातिर फोहर लिएर गएका गाडी रोक्ने, कहिल्यै फोहर फाल्न नदिने निर्णय गर्ने अनि केन्द्र रहेका तिनै दलका नाइके मेयर बालेन्द्र शाहले काम गर्न नसकेको आरोप लगाउनुले ‘हलो अड्काएर गोरु कुट्ने’ नेपाली उखान चरितार्थ भएको छ ।

यस विषयमा मेयर बालेन शाहले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन् ‘‘‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन ।’














प्रतिक्रिया दिनुहोस्