काठमाडौं, ३०साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताउनुभएको छ । उहाँले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताउनुभएको छ ।
सोमबार फेसबकुमा स्टाटस लेख्दै उहाँले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गर्नुभएको छ । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाउनु भएको छ । ‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्