जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार ११:१८

प्रचण्डबाट बामदेवले पाए नेकपा बिभाजनको पुरस्कार, माओवादीको चिन्हबाट चुनाव लडन अनुमति


काठमाडौं, साउन ३१ । नेकपा एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चिन्ह लिएर उठ्ने हुनुभएको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो। २०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया १ बाट पराजीत हुनुभएका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त हुनुभएको थियो ।

नेकपा बिभाजनका मुख्य योजनाकारमध्येका एक गौतमलाई माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध निर्वाह गरेको भूमिकाको पुरस्कार स्वरुप आफ्नो चुनाव चिन्ह दिने निर्णय माओवादीले गरेको हो ।