एजेन्सी, साउन १० । लिबियाको तटीय क्षेत्रमा शरणार्थी सवार पानी जहाज डुबेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) का अनुसार जहाज डुब्दा त्यसमा सवार झण्डै १५० जनाको ज्यान गएको आशंका छ ।
तीन सयजना सवार पानी जहाज डुबेको हो । माछा मार्न तटीय क्षेत्रमा गएका स्गानीय झण्डै १३७ जनाको उद्धार गरेको जनाइएको छ । दुईवटा पानी जहाज डुबेको र दुवैमा गरेर ३०० जना सवार रहेको बताइएको छ । अहिलेसम्म यकिन भने हुन सकेको छैन ।
ज्यान गुमाएका आशंका गरिएका १५० जनाको मृत्यु पुष्टि भएमा यो वर्ष भू–मध्यसागरमा भएको सबैभन्दा ठूलो दुर्घटना हुनेछ । लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रमा दुर्घटना भएको हो ।
अहिलेसम्म तटरक्षकहरुले एकजनाको मात्रै शव निकालेका छन् । यो वर्षको हालसम्म समुद्री मार्ग भएर ३७ हजार ५५५ जना युरोप प्रवेश गरेको युएनएचसिआरले उल्लेख गरेको छ । स्थल मार्ग हुँदै प्रवेश गर्नेको संख्या ८ हजार ७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्