काठमाडौं, भदौ १ । नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले बामदेव गौतमलाई जनताबाट निर्वाचित भएर सांसद बन्ने सपना नदेख्न सुझाउनु भएको छ । माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी चुनाव लडने बामदेवको घोषणासँगै दुलालले बामदेवले चुनाव नजित्ने ठोकुवा गर्नुभएको छ ।
वागमती प्रदेशका पूर्वसामजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुलालले हँसिया हथौडाबाट चुनाव लड्ने वामदेव गौतमको निर्णयलाई लज्जाको बिषय भन्नुभएको छ । फेसबुकमा स्टाटस लेख्दै नेता दुलालले कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीति लाजहराम नहुने बताउनु भएको छ ।
‘‘…भन्दा देख्नेलाई लाज ! हामी कोही राजनीतिककर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुँदैन नी ! राष्ट्रियसभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन’, दुलालले लेख्नुभएको छ, ‘गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुँदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन । चेतना भया !’
पृथ्वीमा मात्र नभएर ब्रम्हाण्डमा जनताको बहुदलीय जनवाद लागू गर्ने घोषणा गर्नुभएका बामदेव चुनाव जित्न सकिन्छ कि भनेर नेकपा माओवादीको प्रचण्डपथमा बिलय भएर हसिया हथौंथाबाट चुनाव लडने निर्णयमा पुग्नुभएको छ । उहाँले आफूलाई सांसद बनाउने जिम्मा प्रचण्डलाई सुम्पिएको भन्दै आफू शरण परिसकेको सार्वजनिक घोषणासमेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्