जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १९:२८

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष, तीन बुँदे बटमलाइनसहित गर्यो खवरदारी सभा


काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा खबरदारी सभा गरेका हुन ।

सभापतिमा पराजीत नेता डा. शेखर कोइराला पक्षधर नेविसंघ, तरूण दल र महिला संघले राष्ट्रिय सभागृहमा खबरदारी सभा गरेका हुन । सो सभामा पार्टी केन्द्रीय सदस्य सरिता प्रसाईं र प्रतिमा गौतम पनि सहभागी हुनुभएको छ ।

खबरदारी सभामा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, नेताहरू गुरूराज घिमिरे, रञ्जित कर्ण पनि उपस्थित हुनुहुन्थ्यो । कोइराला पक्षका अधिकांश नेता देउवाविरूद्ध खबरदारी सभामा सहभागी भए पनि शेखर कोइराला भने उपस्थित हुनुभएन ।

सभापति देउवाविरूद्ध खबरदारीमा उत्रिएका नेताहरूले मुख्यतः तीन माग उठाएका छन । उनीहरुको पहिलो माग शेखर कोइराला पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने, दोस्रो, सभापतिमा देउवासँग पराजित भएका शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने र तेस्रो, टिकट वितरणमा न्यायोचित भागबन्डा हुनुपर्ने रहेका छन ।