जनता टाइम्स

१ भाद्र २०७९, बुधबार २१:४०

फेसबुकमै बालेन र हर्क सम्पाङको जुहारी


काठमाडौं, १ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ, भन्दै स्टाटस लेखेका थिए । उहाँको पोष्टमा बालेनले प्रतिक्रिया दिनुभएको छ ।

उहाँले सम्पाङकै शैलीमा लेख्नुभएको छ ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ,’हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिनुभएको थियो। धरान नै सफल लागेको भन्दै उहाँले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताउनुभएका थियो ।