जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ०९:०५

चार लाखको पहिरनसहित सडकमा देखिएकी रानीको चर्चा


काठमाडौं, साउन १०

बलिउड अभिनेत्री रानी मुखर्जी आफ्नो सामान्य जिवनका लागि चर्चित छन् । तर, पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा चर्चित भएकी छन् ।

सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर मुम्बई एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो ।

उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित सबै पहिरनको जम्मा मुल्य भने ४ लाख रहेको बताइएको छ । यही कारण उनको चर्चा भएको हो ।

यतिसम्म कि, टिसर्टको मात्रै मुल्य ४४ हजार ७ सय २३ परेको बताइन्छ । पाइजामाको झण्डै डेढलाख र जुत्ताको मुल्य ६१ हजार भन्दा बढी हो । यस्तै रानीले डेढलाख भन्दा धेरै मुल्यको ब्याग बोकेकी थिइन् । पछिल्लो समय रानी फिल्म हिचकीमा अभिनउ गरेकी छन् ।