जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १८:०६

संसदमा नागरिकता विधेयक मतदानद्धारा छिनोफानो गर्न एमालेको माग


काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ । आज दिनभर छलफल भएको सो विधेयक आज नै पारित गर्ने कार्यसूची छ ।

अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहनुभएको छ । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभएको छ । उहाँले मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गर्नुभयो ।