जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार २०:१४

झापाको एउटै पालिकामा राप्रपा र कांग्रेसका यी चर्चित नेतासहित एमाले भित्रिए १५ सय कार्यकर्ता


झापा, भदौ २ । झापाको कचनकवल मा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रबेशसगै राप्रपालाई ठूलो क्षती पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् ।

एमाले प्रवेश गर्ने शेर आलम कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुनुहुन्छ । कार्यक्रममा अध्यक्ष ओलीलगायतका नेताहरुले नवप्रवेसीलाई पार्टीमा स्वागत गर्नुभयो ।
हेर्नाेस सूची