जनता टाइम्स

४ भाद्र २०७९, शनिबार १५:३५

गिरीको स्वास्थ्य स्थिति स्थिर


काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उहाँलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ ।

लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किनु भएको हो । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा केही दिन अघि उहाँको छातीमा संक्रमण देखिएको हो । उहाँको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।