काठमाडौं, ६ भदौं । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले व्यापकरूपमा राष्ट्रिय झण्डाको प्रयोग गरेपछि निर्वाचन आयोगले यसलाई वैधानिकता दिएको छ । आगामी संघ र प्रदेशको निर्वाचनमा स्वतन्त्रको बाढी आउने स्थिति देखेको आयोगले उनीहरूले राष्ट्रिय झण्डा नै प्रयोग गर्ने भएकाले त्यसलाई नियमन गरेको हो ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो । ‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ ।
गत स्थानीय निर्वाचनमा राष्ट्रिय झण्डाको व्यापक प्रयोगले विवाद निम्तिएको आयोगमा उजुरी परेकाले पनि निर्वाचन आयोगले यसपटक बेलैमा त्यसलाई निरुपण गरेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्