जनता टाइम्स

६ भाद्र २०७९, सोमबार १५:१७

बाबुराम भट्टराइलाई ठुलो झडका, केन्द्रीय उपाध्यक्ष चौधरी टीमसहित एमाले प्रवेश


काठमाडौं, भदौ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको  

उपेन्द्र यादव नेतृत्वको जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापकउपाध्यक्ष बन्नुभएका चौधरी आज सो पार्टीको काम छैन भन्ने निष्कर्षसहित एमाले प्रवेश गर्नुभएको हो

चौधरीलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहितनेसपाका लुम्बिनीका नेताहरू पार्टीमा स्वागत गर्नुभयो

२०५६ सालमा एमालेबाट कपिलवस्तु को सांसद निर्वाचित चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएरचुनाव लडनुभएको थियो उहाँ यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभयो

चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किनुभएको हो चौधरीसंगै दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनिमाओवादी त्यागेर एमालेमा प्रवेश गर्नुभयो