एजेन्सी, ७ भदौ । पति –पत्नीबीच झगडा हुने र त्यसपछि छुट्टिने घटना संसारभर सामान्यरूपमा लिइन्छ । कहिले काँही पतिपत्नी एकअर्कालाई मार्न पनि हिचकिचाउँदैनन् । तर इरानको यस्तो डरलाग्दो घटना सार्वजनिक भएको छ, जसलाई सुनेर मानिस अचम्म मान्न सक्छन् वा सोच्न वाध्य हुन्छन् ।
इरानमा एक पत्नीले पहिले श्रीमानको हत्या गरिन् र शवलाई टुक्रा टुक्रा पारेर बिरयानीजस्तो पकाएर खाइन् । यी दुवैबीच लामो समयसम्म झगडा चलिरहेको थियो । वास्तवमा यो घटना इरानको राजधानी तेहरानको हो । यो डरलाग्दो घटना यहाँ स्थित इस्लामशहर भन्ने ठाउँबाट सार्वजनिक भएको हो ।
द सनको रिपोर्ट अनुसार यी दुईबीच लामो समयदेखि झगडा भएको थियो । रिपोर्टका अनुसार दुवैबीच झगडा यस्तो थियो कि उनीहरु हरेक दिन एकअर्काबीच मरणासन्न हुनेसम्मको कुटाकुट गर्थे । यी दम्पतीको बिबाह भएको लामो समय भएको थियो र पाँच वर्षकी छोरी पनि छन् ।
पतिले चक्कु ल्याएका थिए, पत्नीले खोसिन्
रिपोर्टका अनुसार पतिको अर्की महिलासँग अफेयर थियो । पत्नीलाई यो कुरा मन परेको थिएन । पतिलाई पत्नी मन परेको थिएन किनभने उनीसंग दिनहुँ झगडा भइरहन्थ्यो। यता पतिले छोरीलाई पनि दिनहुँ कुटपिट गर्थे । एक दिन अचानक दुईबीच झगडा बढ्यो र पति चक्कु लिएर आए । त्यसपछि झगडाको बीचमा पत्नीले पतिको हातबाट चक्कु खोस्न सफल भइन् ।
पत्नीले पतिको शरीर टुक्रा टुक्रा पारिन्
चक्कु खोसेपछिको घटना सायद कसैले अनुमान गरेको थिएन। आक्रोशित पत्नीले पतिको शरीरलाई टुक्रा-टुक्रा पारिन् । यति मात्र होइन, उनले त्यही पतिको मासुको बिरयानी बनाएर खान थालिन् । यो कुरा थाहा पाएपछि प्रहरी पत्नीको घरमा पुग्यो, जहाँ पतिको आधा काटिएको शव भेटियो । सोधपुछका क्रममा ती महिलाले प्रहरीसमक्ष सबै कुरा बताएकी थिइन् ।
उनले आफैंले सबै घटना प्रहरीलाई सुनाइन्
हाल महिलालाई पक्राउ गरी यस विषयमा अनुसन्धान सुरु गरिएको छ । प्रहरीले आफ्नो बयानमा महिलाले पतिको शरीरलाई टुक्रा पारेर पकाएको बताएको छ । घरबाट दुर्गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अहिले महिला प्रहरी हिरासतमा छिन् ।
प्रतिक्रिया दिनुहोस्