काठमाडौं, भदौं ८ । मुगु जिल्लामा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित अभिभावक भेटन बालकोट आइपुगेकी छन ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गर्नुभएको थियो । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकी हुन् ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उहाँकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
ओलीकी पत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उनीहरु दुबै बुधबार ओली निवास बालकोट पुगेका हुन् । अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र साथीले प्रधानमन्त्रीकि छोरीको सम्बोधन गर्ने गरेका थिए ।

दुवै जनाको पालन पोषण र पढाइ सबैको जिम्मा लिने प्रतिवद्धता ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताउनु भयो । एमाले अध्यक्ष ओलीले बोलाएपछि उनीहरु काठमाडौं आएका हुन ।
‘निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुसी लागेको छ । प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुसी लागेको छ,’ आमा छिजुले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्